दफा
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
  (१) यस ऐनको नाम “भ्रष्टाचार निवारण ऐन, २०५९” रहेको छ । 
(२) यो ऐन नेपाल  भर लागू हुनेछ र नेपाल बाहिर जहाँसुकै रहे बसेका नेपाली नागरिक, राष्ट्रसेवक र यस ऐन अन्तर्गत भ्रष्टाचार गरेको मानिने कुनै काम गरी विदेशमा बस्ने गैरनेपाली नागरिक समेतलाई लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।